नुवाकोटको तारुकालगायत विभिन्न ठाउँमा गोरु जुधाउने मेला सम्पन्न

नुवाकोट- स्पेनको ‘वुल फाइ’को झल्को दिने माघे संक्रान्तिको दलिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएका छन।
कयौँ बर्षदेखि प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा गोरु जुधाउने मेला देशकै एकमात्र नमूना र पहिचानको रुपमा स्थापित र परिचित भइसकेको छ ।
सदरमुकाम विदुरदेखि ३० किलोमिटर दक्षिणपश्चिममा रहेको तारुकाको पर्यटकीय गाउँ चन्दनीमा गरिँदै आएको गोरु जुधाइ प्रतियोगितामा यसवर्ष १३ हल गोरु जुधाइयो ।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाउंपालिका-३ चन्दनीमा यस वर्ष छनौट गरेर १३ हल गोरु जुधाइएको हो । नेपालको एकमात्र स्थान नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा सदियौं पुरानो पहिचान, सांस्कृतिक मेला नमूना, पर्व र पहिचानको रुपमा विशेष रुपमा गोरु जुधाइने गरिन्छ ।
मेलामा गोरु जुधाएका गोरुपालक विजेता तथा उपविजेता किसानहरुले नगद पुरस्कार थापेका छन् । तारुकामा जुधाइएका गोरुहरुलाई तीन वर्गमा वर्गिकरण गरिएको थियो ।
तारुकाको साथै नुवाकोटको विदुर नगरपालिका १० वेत्रावती, पन्चकन्या गाउँपालिका-३ मिलडाँडामा माघे संक्रान्तिमा विशेष रुपमा गोरु जुधाइएको छ ।

तारुकामा गोरु जुधाई दुई सय वर्ष अगाडिदेखि गरिँदै आएको र आफुले ४० वर्षदेखि गोरु जुधाउँदै आएकोे गोरु जुधाई मेला मुल्यांकन समितिका सदस्य गोरुपालक किसान मदनकुमार श्रेष्ठले वताए ।
तारुकाको गोरु मेलाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चर्चा पाइसकेका कारण प्रदेश तथा केन्द्र सरकारले यसलाई राष्ट्रिय संस्कृतिको रुपमा विकास गरिनुपर्ने तारुकाका अगुवा वृद्ध झमवहादुर प्रधानको भनाइ छ । तारुकाको चन्दनी पुगेर हजारौँले गोरु जुधाउने मेला अवलोकन गरे ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







