निर्वाचन प्रहरी भर्ना फाराम भर्ने म्याद थप,माघ ३ गतेसम्म कायम

धादिङबेशी,२ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भरपर्दो, सुरक्षित, मर्यादित र विश्वसनीय बनाउनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत फाराम भर्ने म्याद थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि यसअघि प्रकाशित सूचनाअनुसार फाराम भर्ने अन्तिम म्याद २०८२ माघ १ गतेसम्म तोकिएकोमा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, धादिङको निर्णयअनुसार उक्त म्याद २०८२ माघ ३ गते शनिबारसम्मका लागि थप गरिएको हो ।
साथै फाराम भर्ने उम्मेदवारहरूको छनोटका लागि सम्पर्क यहि माघ ४ गते आइतबार तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित सबै इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र फाराम भरी आवश्यक प्रक्रियामा सहभागी हुन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल








