निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ ।

आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन थापा बनेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टी र चुनाव चिह्नविहीन बनेको छ । उक्त पक्षलाई आयोगले दलको नाम र चुनाव चिह्न रोज्न समय दिनेछ ।

आयोग स्रोतले  भन्यो ‘विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले दिएको विवरण अनुसार अद्यावधिक गर्ने निर्णय भएको छ ।’

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   3   =  

Protected by Spam Master