‘आ बाट आमा’को टिम प्रचारप्रसारका लागि पोखरामा

‘आ बाट आमा’को टिम प्रचारप्रसारका लागि पोखरामा

काठमाडौँ । यही माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ को प्रचारप्रसार तीव्र बनेको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ ।

पोखरा पुगेका कलाकारहरूमा विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल तथा कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन् । पोखरा पुगेसँगै निर्माण टिमले पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मबारे जानकारी गराएको कार्यकारी निर्माता रसालीले बताए ।

उनका अनुसार पोखराका सञ्चारकर्मी र दर्शकमाझ फिल्मको विषयवस्तु, निर्माण प्रक्रिया र अपेक्षाबारे जानकारी गराइएको हो । यसैबीच, सोमबार मात्रै चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।

फिल्मका निर्देशक चन्द्र पन्त ले प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन भारतबाट अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत स्वयं नेपाल आएर सक्रिय रूपमा जुटिरहेको बताए । नेपालमा रहेका कलाकार पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचार अभियानमा उत्तिकै सक्रिय छन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ । गीतका भिडियोहरूमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी देख्न सकिन्छ ।

अभिमन्यू निरवी द्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने छायांकन नवराज उप्रेतीले गरेका हुन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ ।

फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर र टिजरको निर्माण साहिल खानले गरेका छन् । वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   3   =  

Protected by Spam Master