माघ २३ देखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा

माघ २३ देखि प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’ ट्रेलरपछि चर्चामा

काठमाडौं। आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्रायः लिड रोल अभिनेताको हुने गर्छ, तर यो फिल्मको कथा रमिता पात्रमा केन्द्रित छ ।

साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव नै फिल्मको मुख्य विषय हो । फिल्ममा रमिताको भूमिका आना शर्माले निर्वाह गरेकी छिन् । उनीसँगै धिरज मगर र विनय श्रेष्ठको अभिनय रहेको छ । यही फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन् । फिल्म यी तीन पात्रकै सेरोफेरोमा घुम्छ ।

फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन् । महिला केन्द्रित फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताइन् ।

‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । फिल्म ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र होइन, आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो,’ आनाले भनिन् ।

उनले निर्देशक सुदिप्तासँग छ महिनासम्म पात्र विकासमा काम गरेको बताउँदै फिल्म रिलिज नजिकिँदै जाँदा उत्साहित रहेको उल्लेख गरिन् ।

फिल्मले विशेषगरी युवा पुस्ता र युवतीहरूलाई लक्षित गर्दै महत्वपूर्ण सन्देश दिने विश्वास आनाको छ ।

‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ, अनि मात्र अरूलाई माया दिन सकिन्छ,’ उनले भनिन् ।

सोसल मिडियाको प्रभाव, बाह्य स्वीकृतिको खोजी र त्यसले मानसिक अवस्थामा पार्ने असरलाई पनि फिल्मले चित्रण गरेको छ । रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर देखिन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको निर्माण टिमको भनाइ छ ।

फिल्ममा समीर र आनाको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ, जसले प्रेमको सुरुआती चरण र पात्रहरूबीचको सम्बन्ध देखाउँछ ।

फिल्म ‘रमिताको पिरती’ आना शर्माका लागि तीन कारणले विशेष छ।  पूर्ण रूपमा महिलाको कथा , महिला निर्देशकद्वारा लेखिएको र निर्देशित र पहिलोपटक कार्यकारी निर्माताको भूमिकाकाम गर्न पाएकी छन् ।

फिल्ममा सागर लम्साल निर्माता, सन्तोष लम्साल कार्यकारी निर्माता, आर।पी। प्रोडक्सन एसोसिएट निर्माता, र सुवास कोइराला सह(निर्माता तथा निर्देशक रहेका छन् ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ ।
शिशिर विषंखे डीओपी, सुनिल सिवाकोटी सम्पादक, कपिल पराजुली कलरिस्ट, र कृतिका बराल कोरियोग्राफर हुन् ।

काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   1   =  

Protected by Spam Master