प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त टोलीले नीलकण्ठ एफएमको कार्यालय निरीक्षण गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको बोर्ड बैठकका लागि धादिङ आईपुग्नुभएका काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्य र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत पदाधिकारीहरूको टोलीले नीलकण्ठ एफएम, प्रत्युष दैनिक पत्रिका, विन्दुकेशरा साप्ताहिक तथा धादिङसञ्चार डटकमको कार्यालय निरीक्षण गरिएको हो ।

निरीक्षण टोलीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत कुमार शर्मा आचार्य तथा बोर्ड सदस्यहरू बालकृष्ण अधिकारी,केशवराज लामिछाने, विजयराज अधिकारी, रामप्रसाद दाहाल, शन्तराज विडारी, भीमलाल श्रेष्ठ, कुमारी निमा काफ्ले,पदमराज जोशी, नहकुल अर्याल,दीपक खनाल, झविन्द्र भुसाल लगायतको उपस्थिति रहेको थियो ।निरीक्षणका क्रममा टोलीले एउटै सञ्चार गृहको छानामुनि रहेर रेडियो, पत्रिका तथा अनलाइन माध्यमलाई व्यवस्थित र व्यावसायिक रूपमा सञ्चालन गरिएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै सञ्चार माध्यमको निरन्तरता, विश्वसनीयता र मर्यादित पत्रकारिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







