धादिङबेसीमा नमुना मतदान कार्यक्रम संचालन

धादिङबेसीमा नमुना मतदान कार्यक्रम संचालन

धादिङबेशी । जिल्लामा निर्वाचन प्रक्रियाबारे व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यसहित नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङको आयोजनामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय अगाडि कर्भडहल परिसरमा नमुना मतदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरू नमुना मतदाता बनेर मतदान प्रक्रियामा सहभागी भएका थिए ।  पहिलो पटक मतदान गर्ने उमेर समूहका विद्यार्थी तथा निर्वाचन सुरक्षाकर्मीलाई निर्वाचनको अवस्था, मतदान प्रक्रियामा अपनाउनुपर्ने विधि र जिम्मेवारीबारे व्यवहारिक जानकारी दिने उद्देश्यले नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिवबहादुर गुरुङले जानकारी दिनुभयो।

पहिलोपटक मतदानगर्नेहरु सहभागि भएको नमुना मतदानमा निर्वाचन प्रहरीको भूमिका, मतदान कर्मचारीले गर्नुपर्ने काम र सुरक्षाको जिम्मेवारी पुरा गरेर नमूना मतदान गरिएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले २०८२ सालको निर्वाचन सन्दर्भमा जिल्लामा पहिलो पटक नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले नमुना मतदान निर्वाचन सुरक्षाकर्मीका लागि जीवन्त अभ्यास भएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षाका सबै निकायको भूमिका स्पष्ट रूपमा बुझ्न सकिने अवसर प्रदान गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार मतदान केन्द्रभित्र मतदाताको पहिचान, नामावली रुजु, मसी लगाउने प्रक्रिया, फरक क्षमता भएका तथा विभिन्न उमेर समूहका मतदातालाई सहयोग गर्ने कार्यमा निर्वाचन सुरक्षाकर्मीको भूमिका सम्बन्धी अभ्यास समेत गरिएको थियो। यस्ता अभ्यासले वास्तविक निर्वाचनका समयमा कार्यसम्पादनलाई थप सहज बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नमुना मतदान कार्यक्रमलाई दृश्यात्मक रूपमा प्रस्तुत गरी आम नागरिकसम्म सूचना प्रवाह गर्न सहयोग पु¥याएकोमा सञ्चारकर्मीप्रति धन्यवाद दिँदै उहाँले मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायका पदाधिकारीहरूप्रति आभार व्यक्त गर्नुभयो ।

निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै कानुनले तोकेको दायित्व इमान्दारीपूर्वक पूरा गर्न आग्रह गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान अभ्यासलाई आगामी दिनमा जिल्लाका अन्य स्थानहरूमा पनि विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   9   =  

Protected by Spam Master