आहा ! रारा पोखरा गोल्डकप : जावलाखेल विजयी, मछिन्द्र २-० ले पराजित

पोखरा । २५ औं आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रमाथी जावलाखेलले सहज जित निकालेको छ ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला स्थित फुटबल मैदानमा जारी प्रतियोगितामा जावलाखेलले २-० ले जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनी जावलाखेलले दोस्रो हाफमा २ गोल गरेको हो । खेलको ४१ औं मिनेटमा मछिन्द्रले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो ।
जावलाखेलका गोलरक्षक युनिस चौधरीले क्लियर गर्ने क्रममा मछिन्द्रका राजन पुनलाई लाग्दै गोललाइन नजिक पुगेको बल युनिसले नै जोगाए ।
५४ औं मिनेटमा जावलाखेलका निकोलस ओडाने हामिल्टोनले अग्रता दिलाए । उनले बोउबाकर सिसोक्सोलाई दिएको पासमा ओडानेले नै गोल गरे । ६६ औं मिनेटमा बोउबाकर सिसोक्सोले अग्रता दोब्बर पारे ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20862, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार १४:५९गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ बैशाख ६, आईतवार २२:२९नेपाल पत्रकार महासंघ, कास्कीको साधारण सभाको तयारी
समाचार२०८३ बैशाख ६, आईतवार १३:०३लेकसाइडमा पर्यटकलाई दुःख हैरानी दिने १६ महिला नियन्त्रणमा
समाचार२०८३ बैशाख ६, आईतवार १२:४६बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने, बन्दिपुरको पर्यटन प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास






