आहा ! रारा पोखरा गोल्डकप: सहारा सेमिफाइनलमा

पोखरा। सहारा क्लब पोखरा २५औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालामा सम्पन्न क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस फुटबल क्लब लाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा टुंगिएको खेल अतिरिक्त समयमा पनि गोलरहित रहेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो।
पहिलो ५–५ प्रहारमा ४–४ गोल भएपछि सडन डेथमा पुलिसका धीरेन्द्र शाहको प्रहार सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहाराको जित सुनिश्चित भयो।
पुलिसका कप्तान राम बाजीले ४९औँ मिनेटमा गोल गरेका थिए भने ६१औँ मिनेटमा मुकुन्दकुमार न्यौरेले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर टिकेन्द्र थापा प्लेयर अफ दि म्याच घोषित भए।
अब सेमिफाइनलमा सहाराले मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20881, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ४, बिहीबार १३:४२फोहोर उठाउँदै भविष्य जोडेका महिलाहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान








