चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन स्थगित

चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन स्थगित

काठमाडौं । पूर्वनिर्धारित मितिमा चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो फिल्म रामनवमीको अवसर पारेर चैत १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी थियो। तर देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको माहोललाई ध्यानमा राख्दै प्रदर्शन मिति स्थगित गरिएको निर्माण पक्षले बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को नयाँ प्रदर्शन मिति छिट्टै घोषणा गरिने बताइएको छ। निर्माता रामनारायण उपाध्यायले सार्वजनिक गरेको भिडियो सन्देशमा निर्देशक बोहरा र सम्पूर्ण टिमले समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै अनुकूल र शान्तिपूर्ण वातावरणको प्रतीक्षा गरिएको उल्लेख गरेका छन्। केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरले फिल्मप्रति दर्शकमाझ उत्सुकता बढाएको थियो।

फिल्ममा निर्देशक बोहराकै कथा रहेको छ भने पटकथा शिवम अधिकारीले लेखेका हुन्। छायांकन शेरबहादुर तामाङले गरेका छन्। निर्मातामा सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन्। कार्यकारी निर्मातामा उदयबिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य छन् भने सह–निर्मातामा प्रदिपकुमार सापकोटा, यमप्रसाद ओली र सुदिप कुँवर रहेका छन्।

चलचित्रमा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही र रितु मल्ल ठकुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्ने जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   9   =  

Protected by Spam Master