धादिङ १ मा राजेन्द्र प्रसाद पाण्डे : विश्वविद्यालय, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल निर्माणको योजना

धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टीका धादिङ क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे निर्वाचन क्षेत्र केन्द्रीत ६ एजेन्डा लिएर चुुनावी प्रतिस्पर्धा गरिरहेका छन् । गहकिलो राजनीतिक बिराशत र विगतमा जनप्रतिनिधिको रुपमा गरेका उल्लेखनीय कामहरुको फेहरिस्त बोकेर उनी मतदाताका माझमा मत मागिरहेका छन् । पटक–पटक निर्वाचित भएको यस क्षेत्रमा उनी पुनः जनताबाट अनुुमोदित हुने तयारीमा छन् । उनले धादिङ १ मा सडक, पुल र झोलुुङ्गे पुल, जलविद्युुत, शिक्षा, स्वास्थ्य र खेलकुद, कृषि क्षेत्र, रोजगारी सिर्जना र सीप विकासलाई बढी प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् ।
पृथ्वी राजमार्गको समानान्तर राजमार्ग निर्माणमा जोड
पाण्डेले संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिर जाने एक मात्र राष्ट्रिय राजमार्ग पृथ्वी राजमार्गले सवारीको चापलाई धान्न नसक्ने स्थिति भएकाले समानान्तर रुपमा राजमार्ग बनाउन बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । धादिङस्थित धुनिबेशी नगरपालिका वडा नं. ५ धार्के बजारबाट सुरु गरी मान्खुटार–गल्छी–कल्लेरीटार– केउरीनीटार–पिपलटार–परेवाटार–आरुवासटार–बेनिदोभान–गण्डकी प्रदेशको घ्याल्चोकटार मुग्लीङ देखि गैडाकोट सम्म समानान्तर राजमार्ग निर्माण गर्ने उनको योजना छ । उनले सुवागढी–गल्छी–मलेखु–महादेवस्थान–चितवनको भण्डारा ठोरी हुँदै भारत सम्म जोडिने त्रिदेशिय मार्ग सम्पन्न गर्न बजेट व्यवस्थापनको प्रयास गर्ने बताएका छन् । त्यस्तै, मलेखु धादिङबेसी हुँदै उत्तरी धादिङको रुविभ्याली गाउँपालिका देखि रसुवा जिल्लाको स्याफ्रुबेसी जोड्ने सडकलाई १२ महिनै चल्ने बनाउन बजेट व्यवस्थापनको पहल गर्ने उनले उल्लेख गरेका छन् ।
पक्की पुल र झोलुुङ्गे पुललाई पनि उत्तिकै प्राथमिकता
उनले त्रिसुली नदि माथि विभिन्न स्थानमा पुल निर्माणका लागि ध्यान दिने प्रतिबद्धता गरेका छन् । गजुरी १ चालिसे र सिद्धलेक ६ माझिटारका विचमा पक्की पुल, बेनिघाट ३ र सिद्धलेक ३ विच मालीत्रामा पक्की पुल, बेनिघाट ९ र गण्डकी गाउँपालिका विच ज्यामीरेघाट देखि मझिमटार सम्मको उपयुक्त स्थानमा मोटर हिड्ने पक्की पुल निर्माण गर्ने याजना अघि सारेका छन् । अन्य विभिन्न स्थानमा पक्की पुल र झोलुुङ्गे पुल निर्माणको प्रस्ताव उनले गरेका छन् ।
धादिङमै विश्वविद्यालय स्थापनाको योजना
उनले धादिङ र गोर्खा जिल्लाको विचमा रहेको बुढिगण्डकी जलविद्युत आयोजना सुरु गर्न दबाबमुलक भुमिका खेल्ने पनि बताएका छन् । वागमती प्रदेश सरकारको तर्फबाट धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. २ र ३ मा मनमोहन मेमोरियल विश्वविद्यालय स्थापनाको लागि प्रयत्न गर्ने उनको प्रतिबद्धता छ । मलेखुमा रहेको सामुदायिक अस्पताललाई १०० शैयाको अस्पताल बनाउने र त्यसलाई ट्रमा सेन्टरको रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने उनको घोषणा छ ।
क्रिकेट मैदान, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पताल स्थापनासम्मको योजना
पाण्डेले थाक्रे गाउँपालिका १ विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना गर्ने उनको योजना छ । उपयुक्त स्थानमा क्रिकेट मैदान बनाउने प्रतिबद्धता पनि उनले गरेका छन् । धुनिवेशी ५ पुरानो धार्के बजारमा निर्माण भएको फुटवल मैदानलाई राष्ट्रिय मापदण्ड अनुसारको बनाउन र सिद्धलेक गाउँपालिका ७ वर्खेघाटमा बन्दै गरेको फुटबल मैदानलाई सम्पन्न गर्न बजेट व्यवस्था गराउने प्रयास गर्ने प्रतिबद्धता गरिएको छ ।
सरकारी खर्चमै युवाहरुलाई ३ महिने, ६ महिने, ९ महिने र १८ महिने सम्मका शिप विकास तालिमको व्यवस्था गरी रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याउने घोषणा पनि उनले गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







