दशैँ नजिकिएसँगै रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिए

रसुवा- नेपालीहरुको महान चाड बढादशैँ नजिकिएसँगै चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् ।
चीनको केरुङबाट दुई सय ४५ वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो । रसुवागढी नाका सम्म चीनीया ब्यापारीहरुले भेडा च्याङ्ग्रा ल्याई नेपाली ब्यापारीहरुलाइ दिएपछि रसुवागढी नाकाबाट भेडा च्याङ्ग्रा ल्याइएको हो ।

नेपाल भित्रिएको भेडा च्याङ्ग्राको मूल्य ३० हजारदेखि ३५ हजारसम्म मूल्य पर्ने नेपाली ब्यापारी दिवाकर न्यौपानेले बताउनुभयो । बिगत वर्षको तुलनामा यो वर्ष चीनमै चार हजार देखि पाँच हजारसम्म बढी मूल्य परेकोले धेरै लगानी गर्नु पर्दा कम संख्यामा भेडा च्याङ्ग्रा ल्याइएको उहाँको भनाई छ ।
तिब्बतबाट प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएकोमा गत बर्ष भने नाका बन्द भएका कारण ब्यापारीहरुले भेडा च्याङ्ग्रा रसुवागढी नाका भएर ल्याउन पाएका थिएनन् ।

सुरुमा सामान बाट सटही गरेको अनुभब बताउँदै प्रतिभेडा तथा च्यांग्रा तीन सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको हो । कोभिड–१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थिए ।


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






