चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम सम्पन्न, २२ जना लाभान्वित

चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ तालिम सम्पन्न, २२ जना लाभान्वित

काठमाडौं। नेपाली चलचित्रको प्राविधिक गुणस्तर उकास्ने लक्ष्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दक्षता अभिवृद्धि वर्ष २०८२ अन्तर्गत सञ्चालन गरिएको दुईदिने तालिममा २२ जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको थियो।

छायांकन स्थलमै प्रत्यक्ष ध्वनि अंकन (लाइभ साउन्ड) प्रविधिलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम अडियो भिजुअल सोसाइटी अफ नेपाल (एभिएसएन) को संयोजनमा सम्पन्न भएको हो। पछिल्लो समय नेपाली चलचित्र निर्माणमा ‘डबिङ’ भन्दा ‘स्पट सिंक साउन्ड’ तर्फ आकर्षण बढ्दै गइरहेको अवस्थामा यस तालिमलाई समयसापेक्ष र आवश्यक पहलका रूपमा हेरिएको छ।

समापन समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसीले छायांकनकै क्रममा गुणस्तरीय ध्वनि संकलन गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै तालिमको मुख्य उद्देश्य भएको बताए। उनले निर्देशक र प्राविधिकहरूलाई आधुनिक ध्वनि प्रविधिसँग अभ्यस्त गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै तालिमको दोस्रो चरण चाँडै सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा एभिएसएनका अध्यक्ष विपिन स्थापित, बोर्ड सदस्य वीरेन्द्र भट्ट, अन्तर्राष्ट्रिय चलचित्र समितिका सदस्य विष्णु शर्मा, अधिकृतद्वय हरिसिंह रैखोला र निर्मला चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

बोर्डका अनुसार, यस्तो प्रशिक्षणले नेपाली चलचित्रमा डबिङको निर्भरता घटाउँदै मौलिक ध्वनि, यथार्थपरक अभिनय र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति प्रवर्द्धन गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   1   =  

Protected by Spam Master