अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा

अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा

धादिङ,१६ फागुन
अभिभावकको दवाव,मोबाईलको प्रयोग लगायतको कारणले बालबालिकाहरुमो समस्या बढ्दै गएको मनोपरामर्शकर्ता रामकुमार थापाले बताउनुभएको छ । बालबालिकाहरुलाई राम्रो बनाउने बहानामा गरिने नकारात्मक व्यवहारले दिनप्रतिदिन मनोसमाजिक समस्या बढ्ने जोखिम बढेको बताउनुभयो । धादिङबेसी स्थित एड्भान्स एकेडेमीद्वारा आयोजित एकदिने अभिभावक मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै उहाँले सो कुरा बताउनु भएको हो कार्यक्रमका नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाल अभिभावकका गुण, बालबालिकामा देखिने मनोसामाजिक समस्या, आत्महत्या रोकथाममा अभिभावकको भूमिका तथा सकारात्मक सोचको महत्वबारे जानकारी गराउनुभएको । उहाँले आजको बदलिँदो सामाजिक परिवेश, प्रविधिको बढ्दो प्रयोग र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणले बालबालिकामा तनाव, चिन्ता, आत्मविश्वासमा कमी, एक्लोपन, आक्रोश र व्यवहारगत समस्या बढ्दै गएको बताउनुभयो ।

अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
थापाले असल अभिभावक धैर्यवान, संवादमैत्री, संवेदनशील र मार्गदर्शक हुनुपर्ने बताउनुभयो। “बालबालिकाको समस्या केवल अनुशासनहीनता नभई उनीहरूको आन्तरिक भावनात्मक अवस्था पनि हुन सक्छ,” उनले भने, “त्यसैले आदेश होइन, संवाद आवश्यक छ।” थापाको नुसार अभिभावकले बालबालिकाको कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूको रुचि र क्षमताको सम्मान गर्ने तथा गल्तीलाई सजायको विषय होइन, सिकाइको अवसरका रूपमा लिन सक्नुपर्छ।बालबालिकामा देखिने मनोसामाजिक समस्याबारे चर्चा गर्दै उहाँले पढाइमा ध्यान नदिने, अत्यधिक मोबाइल प्रयोग, एक्लै बस्ने बानी, चिडचिडापन, निद्रामा समस्यालाई समयमै पहिचान गर्नुपर्ने बताउनुभयो । यस्ता संकेतलाई बेवास्ता गर्दा दीर्घकालीन मानसिक स्वास्थ्य समस्या उत्पन्न हुन बताउनुभयो ।


आत्महत्या रोकथामका सन्दर्भमा थापाले परिवार नै पहिलो सुरक्षा घेरा भएको उल्लेख गर्दै भावनात्मक समर्थन, खुला संवाद र सकारात्मक सोचको विकासले जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले बालबालिकालाई असफलतासँग जुध्न सिकाउने, तुलना नगर्ने, अत्यधिक दबाब नदिने र सानो उपलब्धिलाई पनि प्रशंसा गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले विद्यालयले विद्यार्थी र अभिभावकको हितलाई केन्द्रमा राखेर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा सहभागी अभिभावकहरूले अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रमबाट बालबालिकाको व्यवहार, अध्ययन शैली तथा मानसिक अवस्थाबारे गहिरो समझ विकसित भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले घरमा व्यवहार सुधार, संवाद बढाउने र सकारात्मक वातावरण निर्माण गर्न थप सजग रहने प्रतिबद्धता गर्नुभएको थियो ।विद्यालयले आगामी दिनमा पनि अभिभावक अभिमुखीकरण तथा मनोसामाजिक सचेतना कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। शिक्षासँगै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अभिभावक–विद्यालय सहकार्य सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =  

Protected by Spam Master