धादिङमा होटल व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने

धादिङ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण रात्रीकालीन होटल व्यवसायलाई राति ८:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८२/११/१६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने उल्लेख गरिएको छ। निर्वाचनको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।
सूचनामा तोकिएको समयपछि रात्रीकालीन होटल व्यवसाय पूर्णरूपमा बन्द गर्न सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरिएको छ। प्रशासनले निर्णय कार्यान्वयनमा सबैको सहयोग अपेक्षा गरेको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २१, आईतवार १६:४९भवनमै सीमित बैतडीको ट्रमा सेन्टर « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २१, आईतवार १३:४३सर्वाधिक जनसंख्या भएका १० मध्ये ८ देश किन पुगेनन् विश्वकपमा ?
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल









