अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै

काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने “चलचित्रमा नारी” कार्यक्रम आयोजना गर्ने भएको छ। फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा महिला केन्द्रित नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ।

कार्यक्रमको पहिलो दिन फागुन २८ गते पुरानो नेपाली चलचित्र ‘कुमारी’ प्रदर्शन गरिनेछ। त्यसैगरी फागुन २९ गते साहित्यकार झमक कुमारी घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने कार्यक्रम रहेको छ। फागुन ३० गते भने कार्यक्रमको समापन गरिनेछ।

महिला सशक्तिकरण समितिका अनुसार आमन्त्रित व्यक्तिबाहेक निःशुल्क रूपमा चलचित्र हेर्न इच्छुक चलचित्रकर्मी तथा चलचित्रका विद्यार्थीहरूले ह्वाट्सएप (9868668576) मार्फत आफ्नो इच्छा व्यक्त गर्न सक्नेछन्।

फर्स्ट कम,फर्स्ट सर्भको आधारमा पहिलो ५० जनालाई निःशुल्क प्रवेश प्रदान गरिने जानकारी समितिले दिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =  

Protected by Spam Master