Home समाचार अलपत्र परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री इजरायल जानुहुँदै, विमान भाडा सरकारले बेहोर्ने

अलपत्र परेका नेपालीलाई लिन परराष्ट्रमन्त्री इजरायल जानुहुँदै, विमान भाडा सरकारले बेहोर्ने

4
0

काठमाडौं- हमासको आक्रमणबाट इजरायलमा अलपत्र परेका र नेपाल फर्कन चाहने नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जानु हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आज राति ११ बजे नेपाल एयरको विमान लिएर परराष्ट्रमन्त्री साउद नेतृत्वको टोलीलाई इजरायल पठाउने निर्णय गरेको हो ।

यस्तै इजारायलमा रहेका नेपालीहरु अन्य विमानबाट नेपाल फर्कन चाहेमा पनि विमान भाडा सरकारले बेहोर्ने निर्णय गरेको बैठकपछि कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्गले जानकारी दिनुभयो ।
अहिलेसम्म करीव ४ सय जनाले नेपाल फर्कनका लागि अनलाइन विवरण भरिसकेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleपृथ्वी राजमार्गको यात्रालाई सहज र सुरक्षित बनाउन सरोकारवाला निकायबिच बैठक
Next articleसुन तस्करी प्रकरण : चार जनाविरुद्ध मुद्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here