‘डल्लेले इन्ट्री मार्यो’ पोस्टरमा सागर संगै देखिईन रोशनी

काठमाडौं। ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा प्रमुख अभिनेता सागर लम्साल मात्र देखिएका थिए। तर, दोस्रो पोस्टरमा सागरका साथ डेब्यु अभिनेत्री रोशनी खड्कालाई पनि प्रस्तुत गरिएको छ।
मोडलिङबाट करिअर सुरु गरेकी रोशनी खड्का सन् २०२५ को मिस नेपाल प्रतियोगिताको अडिसनबाट एकाएक चर्चामा आएकी थिइन्। अडिसनका क्रममा निर्णायक रचना गुरुङले औपचारिक परिचय नसोधीकनै सुरुमा उनको हातबारे बताउन भनेको भिडियो क्लिप सार्वजनिक भएपछि त्यो एकाएक भाइरल बनेको थियो। जन्मजात एउटा हत्केला नभएकी रोशनीलाई निरुत्साहित बनाइएको भन्दै सामाजिक सञ्जालमा हजारौंले रचना गुरुङप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
सुन्दरी, प्रतिभाशाली र निडर रोशनी आफ्नो अथक मेहनत, लगाव र दृढताका साथ मोडलिङ र अभिनय क्षेत्रमा अघि बढिरहेकी छिन्। उनी आफ्नो डेब्यु फिल्म ‘डल्लेले इन्ट्री मार्यो’बाट निकै आशावादी देखिन्छिन्।
राजु गिरीको निर्देशनमा बनेको यस फिल्ममा उमेश कुमार बस्नेतको कथा तथा लक्ष्मण सुवेदीको पटकथा र संवाद रहेको छ। फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रबि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी र सुचेन्द्र परियारलगायत कलाकारको अभिनय रहेको छ। साथै बाल कलाकार काजोल, कंगना गिरी र रोनीश खड्काले पनि अभिनय गरेका छन्।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्माता सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुन्। श्याम तामाङको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेश कुमार थापाको संगीत छ भने केशवराज भट्टले कोरियोग्राफी गरेका छन्। राकेश दाहालको पब्लिसिटी डिजाइन रहेको फिल्मको सम्पादन गौतमराज खड्काले गरेका हुन्। फिल्मलाई नेशनल सिने ग्रुप नेपालले वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २७, बुधबार ०८:११भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
समाचार२०८२ फाल्गुन २७, बुधबार ०७:३२स्वास्थ्य, सुशासन र प्रणाली सुधारमा काम गर्ने सांसद श्रेष्ठको प्रतिबद्धता
समाचार२०८२ फाल्गुन २६, मंगलवार १९:४५समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम
समाचार२०८२ फाल्गुन २६, मंगलवार १६:४२वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह








