निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न

काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को छायांकन सम्पन्न भएको छ।
निर्माण टिमका अनुसार फागुन १ गतेबाट सुरु गरिएको चलचित्रको सम्पूर्ण छायांकन मंगलबार सकिएको हो। लाइन प्रोड्युसर पुष्कर लामाका अनुसार करिब २३ दिनमा छायांकन सम्पन्न गरिएको हो। बीचमा निर्वाचनका कारण तीन दिन छायांकन रोकिए पनि निर्धारित तालिकाभित्रै काम पूरा गरिएको उनले जानकारी दिए।
मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गर्नुभएको हो। यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने सगर बोहरा चलचित्रका मुख्य सहायक निर्देशक हुन्।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २१, आईतवार २०:४५कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार २०:०८शिक्षण अस्पतालमा कति जनाकाे हुँदैछ उपचार ? « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:२३‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार १७:१९‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, बाढीपीडितलाई कमाइको ५ प्रतिशत दिने घोषणा









