धादिङ–२ मा कांग्रेसको निर्वाचन समीक्षा : कमजोरी स्वीकार्दै सुधारका नयाँ रणनीति

धादिङबेशी । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङको क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्न संयुक्त बैठक सम्पन्न गरेको छ।
बैठकमा निर्वाचन प्रचार–प्रसार संयोजक तथा जिल्ला कार्यसमिति सहसचिव नवराज तिमल्सिनाले प्रस्तुत गरेको प्रतिवेदनमा अपेक्षित परिणाम हासिल हुन नसकेको यथार्थलाई स्वीकार गर्दै संगठनात्मक कमजोरी, आन्तरिक गुटबन्दी र समन्वय अभावलाई मुख्य कारणका रूपमा औंल्याइएको छ।
प्रतिवेदनअनुसार क्षेत्र नं. २ मा कुल १ लाख ३८ हजार ५९४ मतदाता रहेकामा ५३.११ प्रतिशत मात्र मतदान भएको थियो। उक्त निर्वाचनमा कांग्रेस उम्मेदवार रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे पनि विजयका लागि पर्याप्त हुन सकेन।
प्रचार–प्रसारका क्रममा घरदैलो, अन्तरक्रिया, कोणसभा, सामाजिक सञ्जाल अभियान लगायत कार्यक्रम सञ्चालन गरिए पनि ती प्रयासहरू पर्याप्त योजनाबद्ध र समन्वित हुन नसकेको निष्कर्ष निकालिएको छ। साथै, डिजिटल माध्यमको प्रभावकारी उपयोगमा कमजोरी र मतदाताको बदलिँदो अपेक्षा बुझ्न नसक्नु पनि चुनौतीका रूपमा औंल्याइएको छ।
प्रतिवेदनमा आगामी दिनका लागि संगठन सुदृढीकरण, गुटबन्दी अन्त्य, पारदर्शी उम्मेदवार चयन, नियमित जनसम्पर्क अभियान तथा प्रविधिमैत्री प्रचार–प्रसारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।
नेतृत्वले हारलाई सिकाइका रूपमा लिँदै संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने, युवालाई आकर्षित गर्ने र जनजीविकासँग जोडिएका मुद्दामा केन्द्रित हुने रणनीति अघि सारिएको छ।
कार्यक्रममा सहभागी नेताहरूले एकता, समर्पण र सक्रियताका साथ अघि बढे आगामी निर्वाचनमा सशक्त उपस्थिती जनाउने विश्वास व्यक्त गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









