पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट

पोखरा । नेपाल हवाई खेलकुद संस्था को आयोजनामा पोखरा मा सम्पन्न २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि पुरुषतर्फ भारतका अक्षय कुमार र चीनका झाउ चेनले संयुक्त रूपमा जितेका छन्।
सराङकोटबाट उडान भरी खपौदी नजिक निर्धारित लक्ष्यमा पुग्दै दुवैले समान ७ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेका हुन्। भारतका इमान रम्तेल ८ अंकका साथ तेस्रो स्थानमा रहे।
नेपालका पवन परियार र अर्जुन जलारीले समान ११ अंक ल्याउँदै क्रमशः छैटौँ र सातौँ स्थान प्राप्त गरे।
महिला एकल ‘एक्युरेसी’ विधातर्फ चीनकी कोङ सियाङ यानले ७ अंकसहित उपाधि जितिन्।
पाँच राउण्डसम्मको प्रतिस्पर्धामा नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो र भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो भइन्। त्यस्तै इस्का राई (नेपाल) चौथो र कृषु पौडेल पाँचौँ स्थानमा रहे। महिला विधामा १० जना खेलाडी सहभागी थिए।
नेपालीतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ पवन परियार र अरुण जलारी संयुक्त रूपमा पहिलो तथा रिखि पौडेल तेस्रो भए। महिलातर्फ दुर्गा माया गुरुङ पहिलो, इशा राई दोस्रो र कृषु पौडेल तेस्रो स्थानमा रहे। गण्डकी प्रदेशस्तरीय छनोटबाट पुरुषतर्फ पवन परियार, अरुण जलारी र रिखि पौडेल तथा महिलातर्फ दुर्गा माया गुरुङ र कृषु पौडेल राष्ट्रिय टोलीका लागि छनोट भएका छन्।
शनिबार प्रतिकूल मौसमका कारण खेल स्थगित भए पनि अघिल्ला दुई दिनको नतिजाका आधारमा अन्तिम नतिजा घोषणा गरिएको प्रतियोगिता संयोजक सुनिल भट्टराईले जानकारी दिए।
टिम इभेन्टतर्फ भारतीय मिक्स टोली (वर्कला) ३८ अंकसहित विजयी भयो। इन्डो–नेपाल संयुक्त टोली दोस्रो र टिम नेपाल तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका ६२ खेलाडी (५२ पुरुष, १० महिला) सहभागी थिए।
विजेताहरूलाई पुरुष व्यक्तिगततर्फ १ लाख ५० हजार, उपविजेतालाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। महिलातर्फ विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। समूहतर्फ पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
प्रतियोगिता सुरक्षित रूपमा सम्पन्न भएको सेफ्टी डाइरेक्टर योगेश भट्टराईले बताए। विजेतालाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्रलाल कर्ण लगायतका अतिथिले पुरस्कार वितरण गरेका थिए।
आयोजकका अध्यक्ष अनिल केसीका अनुसार आगामी वर्ष क्रसकन्ट्री विधासहित प्रि–वर्ल्ड कप आयोजना गर्ने योजना रहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21095, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन
समाचार२०८३ आश्विन ६, मंगलवार १५:५१निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनमा जोड
समाचार२०८३ आश्विन ६, मंगलवार १३:४३रेडक्रस उपशाखा–१४ को रक्तदानमा २२ युनिट रगत संकलन
समाचार२०८३ आश्विन ३, शनिबार १९:१८मिडिया कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च गण्डकीलाई







