नेपाल र हङकङबीचको खेलका लागि स्वीकृति दिन आनाकानी

काठमाडौं, चैत ९ । आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति नपाएको जनाएको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मतसम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको जनाएको हो।
एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
एन्फाले आइतबार कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिएको जनाएको छ। एन्फाले खेल स्थगनको सूचना जारी गरिसकेपछि राखेपले स्वीकृति प्रदान गरिसकेको भन्दै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति आश्चर्य व्यक्त गरेको छ। चैत ५ गते जारी गरिएको पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको भन्दै एन्फाले राखेपको नियतमाथि प्रश्न उठाएको छ।
राखेपजस्तो निकायले एन्फामाथि दोषारोपण गर्नुको सट्टा आफ्नो प्रशासन चुस्त–दुरुस्त राखी यस्तो गलत नियत राख्ने कर्मचारीमाथि आवश्यक कारबाही गर्न एन्फाले आग्रहसमेत गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ९, सोमबार २०:२६तयार भए संसदीय दलका कार्यालयहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ९, सोमबार १८:३६‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक, ग्रामीण कथामा देश प्रेमको झल्को
समाचार२०८२ चैत्र ९, सोमबार १३:५३खरी स्वास्थ्य चौकीमा बिशेषज्ञ स्वास्थ्य शिविर हुँदै
खेलकुद२०८२ चैत्र ९, सोमबार ११:१०नेपाल र हङकङबीचको खेलका लागि स्वीकृति दिन आनाकानी








