ईद उल फित्रको अवसरमा पूर्वगृह राज्यमन्त्री अन्सारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा पूर्वगृह राज्यमन्त्री एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो.रिजवान अन्सारीले शुभकामना व्यक्त गरेका छन् ।
शनिबार ईद उल फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष अन्सारीले नेपाली मुस्लिम तथा विश्वका सम्पूर्ण मुस्लिमहरुमा ईद मुबारक भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘आज धेरै खुशीको दिन हो । समानता, सामाजिक न्याय, भ्रातृत्व, सहअस्तित्व र सबै धर्मको सम्मान गर्दै खुशीको साटासाट गरिरहेका छौं ।
यस अवसरमा सम्पूर्ण नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् मजबुत र सुदृढ बनाउन सफल होऊन् भन्ने शुभकामना पनि दिन चाहन्छु ।’
उनले शुभकामना दिँदै एउटा दुःखद स्थिति पनि रहेको बताएका छन् । ईदकै दिन मधेश प्रदेशको लोकसेवा आयोगले परीक्षा राखेकोप्रति भर्त्सना पनि गरेका छन् ।
उनले ईदका आयोगले परीक्षा राखेकोले मुस्लिम विद्यार्थीहरु खुशी मनाउन नपाएर परीक्षा दिन जानुपर्ने बाध्यता सिर्जना भएकोले आफ्नो पार्टी र सम्पूर्ण मुस्लिम समुदायको तर्फबाट सरकारको भर्त्सना गरेका हुन् ।
उनले ईदकै दिन आयोगले परीक्षा राखेर नेपाली मुस्लिमहरुको संवैधानिक र मौलिक अधिकारमा हनन् गर्ने प्रयास गरिएको भन्दै सच्याउन मागसमेत गरेका छन् ।
आगामी दिनमा सबै धर्मावलम्बीहरुको चाडपर्वलाई ध्यानमा राखी परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21083, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १६, सोमबार १०:१७नेपाल पत्रकार महासंघको स्थापना दिवस:कास्कीमा गुरुङ, अधिकारी, गिरी पुरस्कृत, सहारा क्लव सम्मानित
समाचार२०८२ चैत्र १५, आईतवार १८:३०पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा
समाचार२०८२ चैत्र १५, आईतवार ०७:१८विरोधपत्र बुझाउँदै एमालेले आजपनि देशव्यापी प्रदर्शन जारी राख्ने
समाचार२०८२ चैत्र १४, शनिबार १७:५४कनेक्टिभिटीमा जोड दिदै सकियो जाउँ है पोखरा अभियान







