पञ्जावको लगातार दोस्रो जित « रिपोर्टर्स नेपाल

काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिग(आईपीएल)मा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १८.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । पञ्जावलाई जित दिलाउन कप्तान श्रेयस आयरले अर्धसतक बनाए । उनले २९ बलमा ४ चौका र तीन छक्का प्रहार गरे । यस्तै प्रभ्सिम्रन सिंहले ४३, प्रियांस आर्याले ३९, कोपर कोनोलीले ३६, शशांक सिंहले १४ र नेहाल वाधेराले १० रन बनाए ।चेन्नईको लागि म्याट हेन्री र अन्शुल कम्बोजले दुई/दुई विकेट लिए ।
यसअघि चेन्नईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । चेन्नईको लागि आयुष म्हात्रेले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै शिभम डुबेले नटआउट ४५, सर्फराज खानले ३२ र कप्तान रुतराज गैकवाडले २८ रन बनाए ।
पञ्जावको लागि विजय कुमार वैशाकले दुई विकेट लिँदा जाभियर बार्टलेट, मारको जेन्सन र युज्वेन्द्र चहालले एक/एक विकेट लिए । जितसँगै पञ्जाव दुई खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । दुवै खेलमा पराजित चेन्नई पुछारमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









