ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।
मन्त्रालयका अनुसार थप जलस्रोत सम्बन्धी विधेयक, विद्युत् विधेयक, सिँचाइ विकास तथा व्यवस्थापन सम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेर काम भइराखेको छ ।
सरकारले १०० बुँदे शासकीय सुधार सम्बन्धी कार्यसूची ल्याएको छ । जसमा कानुन निर्माणमा प्राथमिकता अनुसारको विषय समावेश गरेको छ । त्यसअनुसार मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणलाई ऊर्जा मन्त्रालयले प्राथमिकता दिएको हो ।
ऊर्जा सचिव चिरञ्जीवी चटौतको नेतृत्वमा गठित कार्यदलले तयार गरेको प्रारम्भिक मस्यौदालाई अन्तिम रूप दिन सरोकारवालाहरूसँग छलफल जारी राखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रलाई मुलुकको आर्थिक समृद्धिको संवाहकको रुपमा स्थापित गर्ने, रूपान्तरणकारी र तत्काल नतिजा देखिने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमको तर्जुमा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:४९धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल र महासचिवमा अर्याल निर्वाचित
समाचार२०८३ बैशाख १, मंगलवार १८:४२अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
खेलकुद२०८३ बैशाख १, मंगलवार १४:०७ऊर्जा मन्त्रालयले तयार गर्यो नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकको मस्यौदा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार १४:०४भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने








