एआई कम्पनी किन्ने मेटाको प्रयासलाई चीनले रोक्न खाज्दै

एआई कम्पनी किन्ने मेटाको प्रयासलाई चीनले रोक्न खाज्दै

बेइजिङ । चीनले अमेरिकी प्रविधि कम्पनी मेटालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप मानुस अधिग्रहण गर्नबाट रोक्ने प्रयास गरेको छ । यसले उन्नत प्रविधिमा विदेशी लगानीप्रति बेइजिङको कडा निगरानी देखाउने समाचारमा उल्लेख छ ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी)ले सोमबार एक वक्तव्य जारी गर्दै उक्त अधिग्रहणलाई रोक्ने निर्णय गरेको जनाएको छ । यद्यपि उसले मेटाको नाम स्पष्ट रूपमा उल्लेख गरेको छैन ।

यो कदम अमेरिका र चीनबिच बढ्दो प्रविधि प्रतिस्पर्धाको सन्दर्भमा आएको हो, जहाँ वासिङ्टनले चिनियाँ कम्पनीहरूको अत्याधुनिक अमेरिकी चिपमा पहुँच सीमित गर्ने प्रयास गरिरहेको छ । सिंगापुरमा आधारित भए पनि चिनियाँ जरा भएको मानिसले न्यून मानवीय हस्तक्षेपमा जटिल काम गर्न सक्ने एआई एजेन्टहरू विकास गर्दै आएको छ ।

उक्त सम्झौता कानुनअनुसार भएको दाबी गर्दै उपयुक्त समाधान निस्किने अपेक्षा मेटाले व्यक्त गरेको छ । यसैबीच ह्वाइट हाउसले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि क्षेत्रलाई “अनुचित विदेशी हस्तक्षेपबाट जोगाउने” बताएको छ । मेटाले सन २०२४ डिसेम्बरमा मानुस किन्ने घोषणा गरेको थियो, जुन चीनसँग सम्बन्धित एआई कम्पनी किन्न खोज्ने दुर्लभ अमेरिकी कदम मानिएको थियो ।

उक्त सम्झौताले मेटाका विभिन्न प्लेटफर्महरूमा एआई क्षमता विस्तार गर्ने अपेक्षा गरिएको थियो । पछि मानुसले चीनमा रहेका आफ्ना कार्यालय बन्द गरी सिंगापुरमा सञ्चालन सरेको थियो ।

जसले अमेरिकी लगानी प्रतिबन्ध र चिनियाँ नियमहरूबाट बच्न मद्दत गरेको थियो । चीनले जनवरीमै यस सम्झौतामाथि अनुसन्धान गर्ने जनाएको थियो, र अहिले त्यसलाई रोक्ने प्रयास गरिरहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master