तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध

तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध

चितवन, २५ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तुइनखोलामा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा मुग्लिन–नारायणघाट सडकखण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ः२० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर सरोकारवाला निकायसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन अनुमानित एक घण्टा समय लाग्नेछ। यस अवधिमा मुग्लिन–नारायणघाट सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई केही समय धैर्य गर्न तथा सडक खुलाउने कार्यमा सहयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।

पहिरोका कारण उक्त सडकखण्डमा सवारी साधन रोकिएका छन् भने यात्रुहरू प्रभावित बनेका छन्। प्रहरीले वैकल्पिक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न समेत आग्रह गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   4   =  

Protected by Spam Master