नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा मेयर ढुंगानाद्धारा शुभकामना प्रकट

धादिङबेशी,२५ बैशाख । नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले नगरबासीलाई शुभकामना प्रकट गर्नुभएको छ । नगरप्रमुख ढुंगानाले आफ्नो सचिवालय मार्फत नगरबासीलाई सम्बोधन गर्दै स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको हो ।
यस्तो छ मेयर ढुंगानाद्धारा जारी शुभकामना शन्देश
नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको पावन अवसरमा सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नगरबासीहरुको विश्वास, सहभागिता र निरन्तर साथकै कारण आज नीलकण्ठ नगरपालिका सुशासन, विकास, सामाजिक न्याय र उत्तरदायी स्थानीय शासनको नमुना संस्थाको रूपमा स्थापित हुँदै गएको छ ।
संस्थागत क्षमता मूल्यांकनमा उत्कृष्ट नतिजा, विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका, बेरुजु फर्छ्यौटमा लगभग शतप्रतिशत नतिजा हासिल गर्दै शुन्य बेरुजुको अवस्था तथा अनुशासित र पारदर्शी नगर प्रशासन कायम गर्नु हाम्रो सामूहिक प्रतिबद्धता हो । यस गौरवपूर्ण अवसरमा हामीले कक्षा १२ सम्म निःशुल्क शिक्षा, सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, मृत्यु संस्कार राहतस्वरूप रु. १० हजार सहयोग, स्वास्थ्य, खानेपानी, सडक, शिक्षा तथा सामाजिक समावेशीकरणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनजीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने प्रयास र संकल्प गरेका छौँ । नगरका हरेक वडा, बस्ती र हरेक नागरिकसम्म विकासको अनुभूति पुगोस् भन्ने उद्देश्यले पूर्वाधार विकाससँगै महिला, दलित, ज्येष्ठ नागरिक, युवा, अपाङ्गता भएका नागरिक तथा विपन्न समुदायको सम्मान र अवसर सुनिश्चित गर्ने नीति सहितको कार्यक्रम हामीले लागू गरेकाछौँ ।
अब हाम्रो कार्यकालको अन्तिम एक वर्ष बाँकी रहेको अवस्थामा हामी केवल योजना घोषणा गरेर होइन, मापनयोग्य परिणामसहित हाम्रा घोषित प्रतिवद्धता पुरा गर्ने दृढ अठोटका साथ अघि बढिरहेका छौँ । स्थानीय सरकारका तर्फबाट हुनुपर्ने सम्पूर्ण नीतिगत, संस्थागत र सेवा प्रवाहका प्रणालीलाई व्यवस्थित, दिगो र जनमैत्री बनाउँदै नीलकण्ठ नगरपालिकालाई सुशासन, समावेशिता र विकासको उत्कृष्ट नमुनाका रूपमा स्थापित गरेर जिम्मेवारी हस्तान्तरण गर्ने हाम्रो प्रतिबद्धता रहेको छ ।
नगरका संगठीत नागरिक सञ्जालहरु, टोल विकास संस्था, सहकारी र निजि क्षेत्र, आदिवासी जनजातिका संघसंस्थाहरु, धार्मिक संस्था, योग समितिहरु एवं स्वास्थ संस्थाहरु, विद्यालय एवं शिक्षकबर्ग, आमा समूह, वन समूह, युवा क्लब, वालसञ्जाल एवं गैह्रसरकारी र प्रदेश एवं संघ सरकारसमेतको सहकार्यमा बृहत सहभागितामूलक विकास अभियान निरन्तर गर्ने र हरेक नगरबासीको आफ्नै सरकारको रुपमा अनुभूति हुने गरि नगरप्रशासन र विकास अभियानलाइ नागरिकमैत्री बनाउने प्रतिवद्धता सहित नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको उपलक्षमा तपाइँ सम्पूर्णमा हार्दिक शुभकामना दिन चाहन्छु ।
जय नीलकण्ठ ! जय नेपाल !
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २५, शुक्रबार २३:०३गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा
समाचार२०८३ बैशाख २५, शुक्रबार २०:४०नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा मेयर ढुंगानाद्धारा शुभकामना प्रकट
समाचार२०८३ बैशाख २५, शुक्रबार १९:०२सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार १८:४४‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक







