स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

काठमाडौं, वैशाख २७ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत स्कटल्याण्ड र अमेरिकासँग हुने सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । यो सिरिज मे १२ देखि २२ सम्म टियु क्रिकेट मैदानमा हुदैछ ।
नेपाली टिममा यस सिरिजका लागि इशान पाण्डेलाई अवसर दिइएको छ । नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव, अर्जुन कुमाल, सोमपाल कामी, विनोद भण्डारी र करण केसी रहेका छन् ।
यस सिरिज अन्तर्गत मे १२ मङ्गलवार नेपाल र स्कटल्याण्ड खेल्ने छन् भने मे १४ मा स्कटल्याण्ड र अमेरिका, मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २७, आईतवार १२:३०‘माउथ पब्लिसिटी’ले अघि बढ्दै चलचित्र ‘मालती मंगले’
खेलकुद२०८३ बैशाख २७, आईतवार ०९:४९स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा
समाचार२०८३ बैशाख २६, शनिबार २०:५६धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
समाचार२०८३ बैशाख २६, शनिबार २०:०४आगामी बर्षको बजेट र नीति कार्यक्रममा सुझाब लिन डिजिटल प्लेटफर्म








