नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवस : वार्षिक समीक्षा, विकासका उपलब्धि सार्वजनिक

नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवस : वार्षिक समीक्षा, विकासका उपलब्धि सार्वजनिक

धादिङबेशी,२५ बैशाख ।  धादिङको नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित बार्षिक समिक्षा समेत सम्पन्न गरेको हो ।  नीलकण्ठ नगरपालिकाका उप-मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले स्थानीय तह स्थापना भएसँगै सिंहदरबारका अधिकार गाउँ–टोलसम्म पुगेको बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पुराना राजनीतिक शक्ति र व्यवस्थाप्रति नकारात्मक भाष्य निर्माण भइरहेको उल्लेख गर्दै उपलब्धिको वस्तुगत मूल्यांकन गर्न आग्रह गर्नुभयो ।

उहाँले विगतको तुलनामा नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको बताउँदै जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यले नै नीलकण्ठ नगरपालिकालाई सफल बनाएको धारणा राख्नुभयो । नगर प्रमुखको क्षमता,अनुभवको कारणले नीलकण्ठको विकासको गती लिएको उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कार्यवाहक मेयर दिपक विश्वकर्माले संघीयता कार्यान्वयनपछि स्थानीय सरकारले जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने नीति, योजना र कार्यक्रममार्फत उल्लेखनीय परिवर्तन ल्याएको बताउनुभयो । सीमित स्रोत–साधनका बाबजुद शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा सामाजिक न्यायका क्षेत्रमा नगरपालिकाले अन्य पालिकाभन्दा फरक ढंगले काम गरेको बताउनुभएको छ ।

उहाँले नीलकण्ठ नगरपालिकाले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा, विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय लगानी गरेको जानकारी दिनुभयो । नगरपालिकाले शिक्षामा ४१ प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको उल्लेख गर्दै उक्त कार्यक्रम बागमती प्रदेशमै अनुकरणीय बनेको बताउनुभयो ।

कार्यवाहक मेयर विश्वकर्माले बहुप्राविधिक शिक्षालयमार्फत प्राविधिक जनशक्ति उत्पादनमा नगरपालिकाले पहल गरिरहेको भए पनि फार्मेसी तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा संघीय निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्नुभयो । साथै कृषि उत्पादन वृद्धि, उद्यमशीलता विकास, सडक स्तरोन्नति, खानेपानी विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस् :  ओलम्पियन टीका बहादुर बोगटीलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले नीलकण्ठ नगरपालिकाद्वारा भए गरेका कामहरुको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । स्थापना दिवसको अवसर पारेर आयोजना गरीएको महिला कर्मचारीहरुको म्युजिकल चियर,कर्मचारी र जनप्रतिनि बिचको महिला पुरष व्याडमिन्टर प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =  

Protected by Spam Master