आर्सनललाई दबाद दिँदै म्यानचेस्टर सिटी

काठमाडौं, वैशाख ३१ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार राति भएको खेलमा क्रिस्चल प्यालेसलाई ३-० गोलले हराउँदै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँग अंकदुरी दुई अंकमा झारेको हो ।
इतिहास स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन एन्टोनी सेमेन्यो, ओमार मार्मोउस र साभिन्होले समान एक/एक गोल गरे । खेलको ३२ औँ मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा मार्समोउसले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
८४ औँ मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै सिटी ३६ खेलबाट ७७ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ७९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेको छ । पराजित प्यालेस समान खेलबाट ४४ अंक जोड्दै १५ औँ स्थानमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३१, बिहीबार २०:४७प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
खेलकुद२०८३ बैशाख ३१, बिहीबार १०:३३आर्सनललाई दबाद दिँदै म्यानचेस्टर सिटी
सूचना-प्रविधि२०८३ बैशाख ३१, बिहीबार १०:२२फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३१, बिहीबार १०:०९जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन









