छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै

काठमाडौँ, ३१ वैशाख । नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप दिइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप सप्ताह कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप प्रदान गर्न थालेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।
“खोप सप्ताहमा नियमित खोप लगाउन बाँकी बालबालिकालाई खोजेर खोप दिँदैछौँ,” उनले भने, “अभिभावकलाई नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकलाई खोप लगाउन आग्रह गर्दछौँ ।” ‘खोज र खोप लगाऊ’अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने उनले जानकारी दिए ।
शाखा प्रमुख डा गौतमका अनुसार नेपालमा अहिले ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप लगाएका छैनन् भने एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।
महिला सामुदायिक स्वास्थ्य स्वयसेविका परिचालन गरी छुट खोप भएका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्य भइरहेको शाखा प्रमुख डा गौतमले जानकारी दिए । उनका अनुसार सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई ती खोप लगाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६ दशमलव पाँच प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको शाखा प्रमुख डा गौतमले जानकारी दिए । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा–रुवेलाको सङ्क्रमण देखापरेकाले मन्त्रालयले छुटेका बालबालिकालाई खोप दिन थालेको हो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २०, शनिबार १६:५९१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम









