धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ

धादिङबेशी,१ जेष्ठ । जिल्ला प्रहरी कार्यालय धादिङले लागू औषध, अवैध हातहतियार तथा कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलनमार्फत बेनिघाट रोराङ गाउँपालिका–२ होवाङबाट ५१ किलो १८० ग्राम अफिम जस्तो देखिने पदार्थ, भरुवा बन्दुक तथा अवैध हातहतियार बरामद गरिएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी प्रकाश दाहालका अनुसार लागू औषध मुद्दामा पूर्वअपराधमा संग्लन्न फरार रहेका विर बहादुर तामाङलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान उनको घर तथा गोठ खानतलासी गर्दा पाँच वटा प्लास्टिकको बाल्टीमा राखिएको अफिम जस्तो देखिने पदार्थ बरामद गरेको थियो ।
बाल्टीसहित तौल गर्दा ५४ किलो ३२० ग्राम र शुद्ध तौल ५१ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट ४ फिट ६ इन्च लामो एक नाले भरुवा बन्दुक, दुई थान डिजिटल तराजु तथा दुई वटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विर बहादुर तामाङ यसअघि २०७५ सालमा ३०० केजी गाँजासहित पक्राउ परेका घटनामा समेत संलग्न रही फरार अवस्थामा रहेको उल्लेख गरेको छ । उनीविरुद्ध लागू औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोही स्थानबाट २८ वर्षीय विराज तामाङ र सानो कान्छा तामाङलाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको घरबाट एक–एक थान भरुवा बन्दुक बरामद भएपछि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
यस्तै, २०६१ सालमा साविक खरी गाविसमा भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका ४४ वर्षीय बुद्ध बहादुर राना मगरलाई नीलकण्ठ नगरपालिका–३ बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









