एसईईमा शतप्रतिशत नतिजा ल्याउने चौतारा माविका विद्यार्थी र शिक्षक सम्मानित

एसईईमा शतप्रतिशत नतिजा ल्याउने चौतारा माविका विद्यार्थी र शिक्षक सम्मानित

धादिङबेशी, ७ जेठ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ स्थित चौतारा माध्यमिक विद्यालयमा एसईई परीक्षा २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ । वडा नं. ३ को आयोजनामा सम्पन्न कार्यक्रममा १७ जना विद्यार्थी, २० जना शिक्षक र २ जना कर्मचारी गरी कुल ३९ जनालाई सम्मान गरिएको हो ।

वडा नं. ३ का वडा अध्यक्ष शुरेश वाईवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी, शिक्षा सहायक अधिकृत डोलमाया तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रिजालले शिक्षा क्षेत्र सुधारलाई गाउँपालिकाको प्रमुख प्राथमिकताका रूपमा लिइएको बताउनुभयो । उहाँले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट मात्रै शैक्षिक गुणस्तर अभिवृद्धि सम्भव हुने उल्लेख गर्नुभयो ।

उपाध्यक्ष चोदेनले चौतारा माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष वाईवाले शिक्षा समग्र विकासको मेरुदण्ड भएकाले यस क्षेत्रमा लगानी, समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   1   =