भलिबल खेलाडी पुनम चन्दलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यलयमा हाजिर हुन निर्देशन दिएको छ ।
नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत गैरहाजिरमा रहेकाहरुलाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्यालयले जनाएको छ । नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपका लागि राखेको बन्द प्रशिक्षणमा पुनम समावेश भएपनि उनी केही समयपछि नै अस्ट्रेलिया गएकी थिइन् । हाल नेपाली महिला टोली घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ तर पुनम टिममा छैनन् ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









