‘आ बाट आमा २’ मा मल्लिका महत

‘आ बाट आमा २’ मा मल्लिका महत

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीन वटै हिरोइन फाइनल भएका हुन्। यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्।

यस फिल्ममा पल शाह,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,विपना थापा,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित बिष्ट,नरेन खड्का अनुबन्धित भइसकेका छन्।
यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन्। केहि सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंमा अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने छ।

नेपालमा यस फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =