रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

रवि लामिछाने दिल्ली पुगे, भाजपा महासचिव सिंह र विदेश विभाग प्रमुख चौथाइवालेले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार दिउँसो भारतको नयाँ दिल्ली पुगेका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितीन नवीनको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन् ।

पार्टी-पार्टीबीचको सम्बन्ध विस्तार र दलीय अभ्यासको आदानप्रदानका लागि रास्वपाको तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । दिल्ली बसाइका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ । यसबाहेक उनले भारतमा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने र ऐतिहासिक शहर अयोध्याको समेत भ्रमण गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो दोस्रोपटक आईपीएलको उपाधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   2   =