सामान्य बिरामीलाई आकस्मिक उपचार गराए भुक्तानी नगर्ने

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सामान्य बिरामीलाई आकस्मिक उपचार गराए त्यसमा भुक्तानी नगर्ने जनाएको छ।
सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य प्रकृतिका बिरामीलाई पनि आकस्मिक अन्तर्गत उपचार सेवा प्रदान गरी दाबी पेस गरिए त्यस्ता भुक्तानीहरू नहुने बताएको हो।
बोर्डले आम सेवाग्राहीहरूलाई पनि सूचनाको पूर्ण पालना गरी सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूमाथि अनावश्यक दबाब सिर्जना नगर्न र तोकिए बमोजिमको सेवा प्राप्त गर्न भनेको छ।
आकस्मिक उपचार गर्न आवश्यक पर्ने प्रकृतिको देखिएको अवस्थामा भने त्यस्तो सेवाको भुक्तानी हुने बोर्डले जनाएको छ।
‘त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिया समेत आवश्यक पर्ने भए उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने ब्यहोरा जानकारी गराइन्,’ पत्रमा भनिएको छ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड








