स्वास्थ्य बीमा बोर्डसहित विभिन्न परिषद र अस्पतालमा पदाधिकारीका लागि आवेदन आह्वान

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर आयुर्वेद चिकित्सा परिषद, स्वास्थ्य अनुसन्धान परिषद, नर्सिङ परिषद, स्वास्थ्य व्यवसायी परिषद, फार्मेसी परिषद, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदयरोग केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीका लागि आवेदन आह्वान गरेको हो ।
यी विभिन्न परिषद, अस्पताल र बोर्डहरुमा अध्यक्ष, सदस्य, रजिष्ट्रार, कार्यकारी निर्देशक लगायतका पद रिक्त छन् ।
ती रिक्त पदहरुमा आजको मितिले १० दिनभित्र आवेदन दिन भनिएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:५०ग्रामीण श्रमजीवीको कथा बोकेको चलचित्र ‘हली’
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २०, बुधबार १९:४४जीवन शाहीको चलचित्र ‘स्त्री’ मंसिर ११ गते
समाचार२०८३ जेष्ठ २०, बुधबार १९:१७सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २०, बुधबार १०:४८स्वास्थ्य बीमा बोर्डसहित विभिन्न परिषद र अस्पतालमा पदाधिकारीका लागि आवेदन आह्वान









