राप्रपामा १८३ जनाको सामूहिक राजीनामा, नेतृत्व शैलीप्रति असन्तुष्टि

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेता–कार्यकर्ताले बिहीबार सामूहिक रूपमा पार्टी त्यागेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा शीर्ष तहका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन्।
पार्टी छाड्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका नेता–कार्यकर्ता समेत रहेका छन्। असन्तुष्ट पक्षले यो पहिलो चरणको पार्टी परित्याग भएको जनाएको छ।
पार्टी नेतृत्व, विशेषगरी अध्यक्ष राजेन्द्र लिङ्देनको हिनताबोधयुक्त, कमजोर तथा आत्मकेन्द्रित कार्यशैलीका कारण राप्रपाले आफ्नो मूल नीति र सिद्धान्तबाट विचलित भएको आरोप उनीहरूले लगाएका छन्।
जारी विज्ञप्तिमा जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता रहेको दाबी गरिए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ। साथै, केन्द्रीय कार्यसमितिलाई जानकारी नदिई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा सहभागी बनेको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ।
विज्ञप्तिमा पार्टीभित्र देखिएको विचलन, विरोधाभास तथा भनाइ र गराइबीचको असंगतिका कारण राप्रपा जनताबाट दण्डित भएको उल्लेख छ। स्वेच्छाचारितालाई नियन्त्रण गर्दै जवाफदेहिता स्थापित गर्ने प्रयास गर्दा नेता–कार्यकर्तामाथि निरंकुश ढंगले कारबाही गरिएको आरोप पनि लगाइएको छ।
राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू पटक–पटक विफल बनाउन पार्टीकै मूल नेतृत्व सक्रिय रहेको, तर संसदमा संवैधानिक राजसंस्थाको पक्षमा कुनै प्रस्ताव दर्ता नगरिएको दाबी विज्ञप्तिमा गरिएको छ।
राप्रपाको स्थापना जुन उद्देश्य, सिद्धान्त र मान्यताका आधारमा भएको थियो, ती सबैलाई समाप्त पार्ने प्रवृत्ति पार्टी नेतृत्वमा देखिएकाले पार्टी परित्याग गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21778, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ११, सोमबार १३:४७संविधान कार्यान्वयनमा कानुन अभावदेखि राजनीतिक संस्कृतिसम्मका चुनौतीबिच छलफल
समाचार२०८३ श्रावण १०, आईतवार १०:२९दशाैं पोखरा स्पोर्ट्स अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
समाचार२०८३ श्रावण १०, आईतवार १०:०८फिर्केखोला करिडाेर अभियान अधुरै, अतिक्रमण हटाउन पुनः दबाब
समाचार२०८३ श्रावण १०, आईतवार ०९:५९पोखरालाई वेलनेस पर्यटन गन्तव्य बनाउन बोर्ड सदस्य पोखरेलको जोड






