चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु

चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सुरु

काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम आइतबारदेखि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सुरु भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको तालिम जेठ २७ गतेसम्म चल्नेछ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि, समीक्षात्मक लेखनको क्षमता विकास तथा चलचित्रका विविध पक्षबारे पत्रकारहरूलाई व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा २५ जना चलचित्र पत्रकारहरूको सहभागिता रहेको छ।

तालिममा चलचित्रकर्मी तथा प्रशिक्षक राजेश गङ्गाजु, पत्रकार अखण्ड भण्डारी र शान्ताराम बिडारीले प्रशिक्षण दिने छन्। प्रशिक्षणका क्रममा चलचित्रको इतिहास, विकासक्रम, समीक्षा लेखन, पत्रकारिताका नैतिक पक्ष, डिजिटल युगमा चलचित्र पत्रकारिताको भूमिका तथा चलचित्रका प्राविधिक विषयहरूबारे सहजीकरण गरिने आयोजकले जनाएको छ।

तालिमको उद्घाटन समारोहमा चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नभई चलचित्र उद्योगको विकास, प्रवर्द्धन र गुणस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएको बताए। उनले चलचित्र पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार समीक्षा तथा विश्लेषणमार्फत चलचित्र क्षेत्रलाई सकारात्मक दिशा दिन सक्ने उल्लेख गरे।

अध्यक्ष बलामीले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरू आवश्यक रहेको भन्दै चलचित्र पत्रकारितालाई अझ व्यावसायिक, सिर्जनात्मक र विश्वसनीय बनाउन निरन्तर सिकाइ र अभ्यासको आवश्यकता रहेको धारणा व्यक्त गरे।

आयोजकका अनुसार तालिमले चलचित्र पत्रकारहरूलाई समीक्षा लेखन, सामग्री उत्पादन तथा चलचित्र क्षेत्रको गहिरो अध्ययनमा थप दक्ष बनाउने विश्वास लिइएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र विकास बोर्डमा एक महिने फोटोग्राफी तालिम सुरु
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   1   =