सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

धादिङ,३१ जेठ
सिद्धलेक गाउँपालिकाले शैक्षिक तथा खेलकुद क्षेत्रमा योगदान पु¥याउने शिक्षक, विद्यार्थी, विद्यालय तथा खेलाडीहरूलाई सम्मान गरेको छ। गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा १२३ जना शिक्षक, कक्षा ८ र १० मा उत्कृष्ट नतिजा हासिल गर्ने २७ जना विद्यार्थी तथा विभिन्न विधाका ५० जना खेलाडी सम्मानित भएका हुन्।कार्यक्रममा कक्षा ८ को परीक्षा २०८२ मा शतप्रतिशत नतिजा ल्याउने ८ वटा विद्यालय तथा एसईई २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने २ वटा विद्यालयलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया (सीता) ले शिक्षकलाई समाज निर्माणको महत्वपूर्ण आधारस्तम्भको रूपमा चित्रण गर्दै शिक्षकका सुझाव र गुनासालाई सकारात्मक रूपमा ग्रहण गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो।उहाँले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने बताउनुभयो। यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा खेलकुदलगायतका क्षेत्रमा भएका कामहरूको अभिलेख व्यवस्थित रूपमा राखिएको बताउनुभयो। उहाँले शिक्षा र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, हाजिरीजवाफ तथा अन्य सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

उहाँले हालै एक शिक्षकको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। साथै, सम्बन्धित विद्यालयमा एक दिन बिदा दिने निर्णय गरिएको जानकारी पनि दिनुभयो।कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील सबै पक्षको योगदानको प्रशंसा गर्दै शिक्षा र खेलकुदलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले मानवीय कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य थपलियाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका जनप्रतिनिधि, शाखा प्रमुख, शिक्षक, विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   5   =