रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठी लाई लायन्स क्लब अफ पोखरा हेम्जाले सम्मानपत्रसहित सम्मान गरेको छ।
क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक समेत हुन्।
सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको मित्रता, सहकार्य र सामाजिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्लबका सचिव लायन कृष्णमान श्रेष्ठ र लियो लायन मनोज त्रिपाठीको जन्मदिनको अवसरमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो।
उक्त अवसरमा लायन्स वर्ष २०२५/२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेल, संस्थापक अध्यक्ष लायन तीर्थबहादुर थापा, निवर्तमान अध्यक्ष लायन सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष लायन सुरेन्द्रकुमार श्रेष्ठ, पूर्व अध्यक्ष लायन नवराज त्रिपाठी तथा लियो लायन विष्णुप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्वको सफल कार्यकाल र सामाजिक योगदानको प्रशंसा गरेका थिए।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सम्मानित नवीन त्रिपाठी, सचिव कृष्णमान श्रेष्ठ तथा लियो लायन मनोज त्रिपाठीलाई उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति र सफल जीवनको शुभकामना व्यक्त गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21844, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार ०६:२१गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २९, शुक्रबार ०६:३१गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेश








