बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

धादिङबेशी,३० जेष्ठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका दुई विद्यालयमा अध्ययनरत १५० जना विपन्न तथा सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

एक्सन नेपालको आयोजना तथा Hart4wonderwijs Nepal (डच फाउन्डेसन)को आर्थिक सहयोगमा सञ्चालित ‘सदिक्षा छात्रवृत्ति परियोजना’ अन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालय र बितेस आधारभूत विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत विद्यार्थीलाई उक्त सहयोग प्रदान गरिएको हो। लाभान्वितमध्ये पञ्चकन्या माध्यमिक विद्यालयका ११८ जना र बितेस आधारभूत विद्यालयका ३२ जना विद्यार्थी रहेका छन्।

विद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता, मोजा, झोला, कापी, कलम, पेन्सिल, ज्यामिति बक्स, क्यालकुलेटर, ड्रइङ कापी तथा रङ्गीन पेन्सिललगायतका सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ।

एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाका अनुसार आर्थिक अभावका कारण विद्यालय छोड्ने जोखिममा रहेका ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्ने उद्देश्यले छात्रवृत्ति सहयोग उपलब्ध गराइएको हो।

स्थानीय समुदाय तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले यस्ता सहयोगले विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच र निरन्तरतामा सहयोग पुग्ने बताएका छन्। कार्यक्रमबाट लाभान्वित विद्यार्थीहरूले पनि सहयोगप्रति खुशी व्यक्त गरेका थिए ।

एक्सन नेपालले शिक्षा, जीविकोपार्जन, पोषण, विपद् जोखिम न्यूनीकरण, खानेपानी तथा सरसफाइ, सुशासन र युवा नेतृत्व विकासका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि शैक्षिक अवसरबाट वञ्चित तथा जोखिममा रहेका बालबालिकाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  सौराहबाट जाउँ है पोखरा अभियान सुरु
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   3   =