दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

धादिङबेशी,४ असार । नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि दिगो विकास, सुशासन, रोजगारी प्रवद्र्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १९ औँ अधिवेशनमा नगरप्रमुख भीमप्रसाद ढुंगानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, उत्पादन वृद्धि, उद्यमशीलता विकास तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखिएको छ । नगरपालिकाले विगतका उपलब्धि, सिकाइ र अनुभवलाई आधार बनाएर आगामी वर्षका कार्यक्रम तय गरेको जनाएको छ ।

नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, युवालाई उत्पादन र उद्यमसँग जोड्ने कार्यक्रम, स्थानीय उत्पादनको बजारीकरण तथा कृषिमा आधुनिक प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, होमस्टे विकास तथा पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रम समावेश गरिएको छ । नगरपालिकाले वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।

नगरपालिकाका अनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै सुशासन सुदृढ गरिनेछ । साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, जनजाति तथा विपन्न समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

नगरप्रमुख ढुंगानाले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध, आत्मनिर्भर र दिगो नीलकण्ठ निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् । आज सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पास गरिएको थियो । नगरसभामा उप प्रमुख दिपक बिश्वकर्माले आगामी आर्थिक बर्ष २०८३।०८४ का लागी १ अरव २४ करोड अठासी हजार बजेट पेश गर्नु भएको छ । उहाँले आगामी आव २०८३।०८४ लागी चालु तर्फ ८७ करोड २७ लाख ५३ हजार र पुजीगत खर्च तर्फ ३६ करोड ७३ लाख ३५ हजार बजेट सभा समक्ष पेश गर्नु भएको हो ।

यो पनि पढ्नुहोस् :  फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’

आगामी आर्थिक वर्षका लागी प्रस्तुत नीति तथा कार्यक्रमअनुसार वार्षिक बजेट तथा योजनाहरू कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =