न्युजिल्याण्डमाथि इजिप्टको शानदार जित « रिपोर्टर्स नेपाल

न्युजिल्याण्डमाथि इजिप्टको शानदार जित « रिपोर्टर्स नेपाल

काठमाडौं, असार ८ । फिफा विश्वकप-२०२६ अन्तर्गत भएको खेलमा इजिप्टले शानदार पुनरागम जित निकालेको छ । सोमबार बिहान भएको खेलमा इजिप्टले न्युजिल्याण्डमाथि ३-१ गोलको शानदार पुनरागमन जित निकालेको हो ।

बिसी प्लेसमा भएको भएको खेलमा इजिप्टलाई जित दिलाउन मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेगुएटले समान एक/एक गोल गरे । न्युजिल्याण्डको लागि फिन सर्म्यानले एक गोल गरे । खेलको १५ औँ मिनेटमा सर्म्यानले गोल गर्दै न्युजिल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २-१ अग्रता दिलाए । यस्तै ८२ औँ मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई ३-१ गोलको जित दिलाएका हुन् । जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोड्दै समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको न्युजिल्याण्ड पुछारमा रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =