रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौं, असार १० । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे । खेलको छैटौँ मिनेटमा ‘कर्नर’बाट आएको बललाई रोनाल्डाले जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए । त्यसपछि १७औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३–० को अवस्थामा आयो । खेलको ६०औँ मिनेटमा अब्दवोहिद नेमातोवले र ८७औँ मिनेटमा राफाएल लीओले गोल गरेपछि पोर्चुगलले खेल ५–० गोलअन्तरले जित्यो ।

जितसँगै पोर्चुगल समूह ‘के’को अङ्क तालिकामा चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पोर्चुगलले कङ्गोसँग बराबरी खेलेको थियो । समूह चरणमा लगातार दोस्रो हार बेहोरेको उज्वेकिस्तान अङ्क तालिकाको अन्तिममा छ ।

विश्वकप प्रतियोगिताअन्तर्गत आज १ः४५ बजे इङ्ल्याण्ड र घानाबीच भिडन्त हुँदैछ भने बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  बराबरीमा रोकिए इङ्ल्याण्ड र घाना « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =