रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट

धादिङबेसीस्थित लाङ्घाली डेन्टल क्लिनिक र रिलायन्स फाइनान्स लिमिटेडबीच एक आपसमा व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार फाइनान्सका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारले डेन्टल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। सम्झौता बमोजिम रिलायन्स फाइनान्सका कर्मचारी, तिनका परिवार र बैंकका ग्राहकहरूले लाङ्घाली डेन्टल क्लिनिकमा उपचार गराउँदा कुल खर्चमा २० प्रतिशत छुट पाउनेछन्। यसैगरी, सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र १० वर्षमुनिका बालबालिकालाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यसका साथै क्लिनिकमा उपचारका लागि लाग्ने डाक्टर परामर्श शुल्क (कन्सल्टेशन फि) र २०० रुपैयाँ बराबरको ओपिडी (OPD) टिकट पूर्ण रूपमा निःशुल्क गरिएको रिलायन्स फाइनान्सका शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो। छुट प्राप्त गर्ने सर्त: यो विशेष सुविधा लिनका लागि ग्राहकहरूले रिलायन्स फाइनान्सको एटीएम (ATM) कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। आगामी दुई वर्षका लागि गरिएको यस सम्झौता पत्रमा लाङ्घाली डेन्टल क्लिनिकका प्रबन्ध निर्देशक डा. रचना रेशमी गिदेल मगर र रिलायन्स फाइनान्सका शाखा प्रबन्धक प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   2   =