मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सेवा प्रवाहलाई थप पारदर्शी, छरितो र प्रविधिमैत्री बनाउन ‘हेलो एनएमसी’ सुरु गरेको छ । काउन्सिलले डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझावका निम्ति पोर्टल सञ्चालनमा ल्याएको हो । 

काउन्सिलका अनुसार, अब सर्वसाधारण नागरिक तथा दर्तावाला चिकित्सकहरूले कार्यालयमा प्रत्यक्ष उपस्थित नभई अनलाइन माध्यमबाटै आफ्ना जिज्ञासा, गुनासो, उजुरी तथा सुझावहरू पठाउन सक्नेछन् । 

दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटwww.nmc.org.np रहेको हेलो एनएमसी पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । काउन्सिलको आधिकारिक क्युआर कोड स्क्यान गरेर वा [email protected] मा इमेल गरेर पनि उजुरी तथा आवश्यक कागजात पठाउन सकिनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =