अभिनेत्री न्यान्सी खड्का ‘अक्षरा’ को पहिलो पोस्टरमा

विनय राज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सी सँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारीको अभिनय रहेको छ।
काठमाडौँ। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’ को पहिलो लुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले प्रचार अभियानको सुरुआत गर्दै फिल्मको मुख्य पात्रलाई केन्द्रमा राखेर आकर्षक पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्कालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ढुङ्गे चौतारोमा रुखको छहारीमुनि एक्लै बसेकी उनी गम्भीर र भावुक मुद्रामा देखिन्छिन्। उनको अनुहारको अभिव्यक्ति र शारीरिक हाउभाउले गहिरो पीडा, विरह वा मानसिक द्वन्द्वको अनुभूति गराउँछ।
विनय राज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा न्यान्सी खड्कासँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योति न्यौपाने, निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप धुलुङ, विश्वनाथ तामाङ, रवीन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेलको अभिनय रहेको छ। बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गाना पनि फिल्ममा देखिनेछन्।
सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको फिल्मको पटकथा तथा संवाद निर्देशक पौडेल र अभिमन्यु निरवीले संयुक्त रूपमा तयार पारेका हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले नै लेखेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने रहेका छन्।
फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाका गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा दिपेन बस्न्यातको छायांकन रहेको छ। सम्पादन गौतम राज खड्काले गरेका हुन् भने कलर ग्रेडिङ रेनिस फागोले गरेका छन्। निर्माण व्यवस्थापन सुमन काफ्ले र त्रिलोचन न्यौपानेले सम्हालेका छन्। मुख्य सहायक निर्देशक दिवस विक्रम बोहरा तथा सहायक निर्देशक मनोज बोहोरा र सौरभ शाह रहेका छन्।
राकेश दाहालले डिजाइन गरेको पोस्टरमार्फत फिल्मको भावनात्मक संसारको झलक प्रस्तुत गरिएको छ। फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले देशव्यापी रूपमा वितरण गर्नेछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १४, आईतवार १३:०६अभिनेत्री न्यान्सी खड्का ‘अक्षरा’ को पहिलो पोस्टरमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १४, आईतवार ११:०८विकट बस्तीमा निःशुल्क आँखा शिविर « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:४२विकास बोर्डको २६औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण कार्यक्रम
कला, विचार/मनोरञ्जन२०८३ असार १३, शनिबार १९:३३अरुण र प्रकाशको ‘हन्टर’ असोज ९ गते









